logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

नेपालमा अहिलेसम्मकै धेरै ३ हजार ४ सय ३९ जनामा कोरोना पुष्टि


अंकुरण खबर
897
Shares

नेपालमा थप ३,४३९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

बुधबार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा देशभर थप ३,४३९ जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा‍. जागेश्वर गौतमले जानकारी दिए ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ९४ हजार २५३ पुगेको छ ।

प्रवक्ता गौतमका अनुसार बुधबार कोरोनालाई जितेर १,१२६ जना अस्पतालबाट डिस्चार्ज भएका छन् । योसंगै ६८ हजार ६६८ जना निको भएर घर फर्किएका छन् ।

त्यस्तै कोरोना संक्रमणबाट अहिलेसम्म ५७८ जनाको मृत्यु भएको छ ।