logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

काठमाडौंमा ६ सहित १५ जना कोरोना संक्रमितको मृत्यु 


अंकुरण खबर
2.21K
Shares

नेपालमा एकै दिन १५ जना संक्रमित थपिएका छन् । यो सँगै कोरोना संक्रमित मृतकको संख्या ५ सय ७८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

९ वटा जिल्लाका ५ महिला र १० पुरुष गरी १५ जना कोरोना संक्रमितको मृत्यु भएको हो । काठमाडौंमा मात्र ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

काठमाडौंमा ६६ र ७२ वर्षीया महिला, ४५, ५३, ६४ र ६९ वर्षीय पुरुषको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

त्यस्तै मोरङमा ४० र ६० वर्षीय पुरुष, सिराहामा ५० वर्षीया महिला, रौतहटमा ७२ वर्षीया महिला, ललितपुरमा ४६, चितवनमा ६१, रुपन्देहीमा ५५, नवलपरासीमा ७६ वर्षीय पुरुष र दाङमा ७१ वर्षीया महिलाको मृत्यु भएको छ ।