logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कैलालीका एसपीसहित २२ जना प्रहरीमा कोरोना संक्रमण


अंकुरण खबर
1.131K
Shares

कैलालीका प्रहरी प्रमुखसहित २२ जना प्रहरी कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ ।

बुधबार सेती प्रादेशिक अस्पतालमा भएको परीक्षणमा कार्यालयका प्रमुख तथा प्रहरी उपरीक्षक (एसपी) अनुपम शमसेर जबरा राणासहित २२ जनामा संक्रमण पुष्टि भएको हो ।

आज कोरोना संक्रमण पुष्टि भएका २२ जना जिल्ला प्रहरी कार्यालय कैलालीमा कार्यरत् प्रहरी कर्मचारी हुन् ।

योसँगै सुदूरपश्चिममा बुधबारसम्म २ सय २८ जना प्रहरी कर्मचारीमा संक्रमण पुष्टि भएको प्रदेश प्रहरी कार्यालय दिपायलका प्रवक्ता तथा वरिष्ठ प्रहरी उपरीक्षक मुकेश सिंहले जानकारी दिए ।

संक्रमितमध्ये १ सय २६ जना निको भएका छन् भने १ सय २ जना उपचाररत् छन् ।