logo
  • बुधबार, कार्तिक १९, २०८३ / Wednesday, Nov, 04 ,2026

चितवनमा ९२ वर्षीया कोरोना संक्रमित बृद्धको मृत्यु


अंकुरण खबर
858
Shares

चितवनमा कोरोना भाइरसको संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ ।

भरतपुर अस्पतालमा उपचाररत भरतपुर महानगरपालिका-१ का ९२ वर्षीय वृद्धको कोरोनाबाट मृत्यु भएको हो ।

लामो समयदेखि दम तथा उच्च रक्तचापको समस्या रहेको उनमा पछिल्लो समय खोकी र श्वासप्रश्वास देखिएपछि मंगलबार बेलुका ७ बजे अस्पताल भर्ना गराइएको थियो ।