logo
  • आइतवार, कार्तिक १६, २०८३ / Sunday, Nov, 01 ,2026

अनशनरत डा. केसीका प्रतिनिधि र सरकारी टोलीबीच वार्ता सुरु


अंकुरण खबर
1.196K
Shares

अनशनरत डा. गोविन्द केसीका प्रतिनिधि र सरकारी टोलीबीच वार्ता सुरु भएको छ ।

डा. केसीको मागको विषयमा छलफल गर्न सरकारी वार्ता टोली र केसीका प्रतिनिधिहरुबीच बिहीबार बिहान साढे १० बजेदेखि शिक्षा मन्त्रालयमा वार्ता शुरु भएको हो ।

वार्तामा सरकारी वार्ता टोलीको नेतृत्व शिक्षा सचिव गोपीनाथ मैनाली गरेका छन् भने केसीको प्रतिनिधिकहरुको नेतृत्व डा. जीवन क्षेत्रीले गरेका छन् ।

सरकारले हिजो अनशनरत चिकित्सक प्रा डा. गोविन्द केसीसँग वार्ताका लागि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव गोपीनाथ मैनालीको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेको थियो ।

समितिमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहसचिव डा. गुणराज लोहनी र चिकित्सा शिक्षा आयोगका निर्देशक दिलीप शर्मा छन् ।

डा. केसीका तर्फबाट ‘सोलिडारिटी फर डा. केसी अलायन्स’ का क्षेत्रीको टोलीमा नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का अध्यक्ष डा. अन्जनीकुमार झा, नेपाल चिकित्सक संघका अध्यक्ष डा. लोचन कार्की र अधिवक्ता ओमप्रकाश अर्याल सदस्य छन्।

डा. केसी गत २४ दिनदेखि जुम्लाबाट शुरु गरी हाल त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा अनशनमा छन् ।