नेपाली बजारमा सुनको मूल्य निरन्तर ओरालो लागिरहेको छ । आज पनि सुन एक हजारले घटेको हो ।
बिहीबार छापावाल सुनको मूल्य प्रतितोला ९३ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
बुधबार छापावाला सुनको मूल्य तोलामा ९४ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो ।
आज तेजावी सुनको मूल्य प्रतितोला ९२ हजार ६ रुपैयाँमा कारोबार भएको छ । त्यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदीको मूल्य घटेर प्रतितोला १ हजार १२० रहेको महासंघले जनाएको छ ।