logo
  • मङ्लबार, कार्तिक २५, २०८३ / Tuesday, Nov, 10 ,2026

पर्सामा १ सय ३१ किलो गाँजासहित एक पक्राउ


अंकुरण खबर
1.313K
Shares

पर्सामा १ सय ३१ किलो गाँजासहित एक जना पक्राउ परेका छन् ।

बिहीबार प्रहरीले गाँजासहित पटेर्वासुगौली गाउँपालिका(५ देउरिया टोलका ४० वर्षीय राज ओझैयालाई पक्राउ गरेको हो।

प्रहरीले उनको घरमा गाँजा लुकाएर राखेको भन्ने खबर पाएको थियो। सोही खबरको आधारमा प्रहरीले उनको घरमा खोजतलासी गरेको थियो।

घरबाट प्रहरीले १३१ किलो गाँजा फेला परेको हो। उनीमाथि प्रहरीले थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय, पर्साले जनाएको छ ।