नेपालमा थप ४३६४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
बिहीबार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा देशभर थप ४३६४ जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ९८ हजार ६१७ पुगेको छ ।
प्रवक्ता गौतमका अनुसार बिहीबार कोरोनालाई जितेर २६७५ जना अस्पतालबाट डिस्चार्ज भएका छन् । योसंगै ७१ हजार ३४३ जना निको भएर घर फर्किएका छन् ।
कोरोना संक्रमणबाट अहिलेसम्म ५९० जनाको मृत्यु भएको छ ।