काठमाडौंमा २,०८५ सहित उपत्यकामा थप २,५४० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
बिहीबार गरिएको परीक्षणमा काठमाडौं उपत्यकामा थप २,५४० जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।
उनका अनुसार काठमाडौंका २,०८५, भक्तपुरका १३५ र ललितपुरका ३२० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
पछिल्लो केही सातायता काठमाडौंमा कोरोनाको संक्रमण दर उच्च छ ।