गुण्डा नाइके राधाकृष्ण भण्डारी उर्फ राधेलाई प्रहरीले पक्राउ गरेको छ ।
राधेलाई प्रहरीले बिहीबार धादिङबेशीबाट पक्राउ गरेका हुन् । राधेविरूद्ध प्रहरीले आज मुद्दा दर्ता गर्ने तयारी गरेको छ ।
सार्वजनिक शान्ति भंग गरेको आरोपमा उनीमाथि मुद्दा चलाइने जिल्ला प्रहरी कार्यालय धादिङका एसपी महेन्द्र खड्काले जानकारी दिए । राधेमाथि सिद्धलेक गाउँपालिकाका जनप्रतिनिधिमाथि धम्की दिएको आरोप छ ।
राधेको समूहले धादिङमा अवैध रूपमा बालुवा निकाल्ने गरेको थियो । जनप्रतिनिधिले बालुवा निकाल्न रोकेपछि उनले धम्की दिएको आरोप छ ।
जनप्रतिनिधिमाथि धम्की दिएको भन्दै राधेविरूद्ध जिल्ला प्रशासन कार्यालय धादिङमा उजुरी परेको थियो ।
राधे नेपाली कांग्रेसको भातृ संस्था नेपाल तरूण दल धादिङका उपसभापति हुन् । राधे खोलानालाबाट अबैध असुली, चन्दा, धम्की, कुटपिट लगायत गतिविधिमा संलग्न रहेको आरोप लाग्ने गरेको थियो ।