logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

नेपालमा शनिबार एकैदिन थपिए ५ हजार बढी कोरोना संक्रमित


अंकुरण खबर
663
Shares

नेपालमा थप ५००८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

शनिबार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा देशभर थप ५००८  जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा‍. जागेश्वर गौतमले जानकारी दिए ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ५ हजार ६८४ पुगेको छ ।

प्रवक्ता गौतमका अनुसार शनिबार कोरोनालाई जितेर १२२९ जना अस्पतालबाट डिस्चार्ज भएका छन् । योसँगै ७४ हजार २५२ जना निको भएर घर फर्किएका छन् ।

कोरोना संक्रमणबाट अहिलेसम्म ६१४  जनाको मृत्यु भएको छ ।