पछिल्लो २४ घण्टामा थप १ हजार २ सय २९ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन् ।
देशका विभिन्न आइसोलेसनबाट उनीहरू निको भएर घर फर्किएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए ।
यो सँगै नेपालमा ७४ हजार २ सय ५२ जना संक्रमित उपचारपछि निको भएका छन्।
मन्त्रालयका अनुसार १९ हजार ३ सय २० जनाको पिसिआर परीक्षण भएको छ । यो सँगै ११ लाख ४५ हजार २ सय ३७ जनाको पिसिआर भएको मन्त्रालयले जनाएको छ ।