logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

गण्डकीमा थपिए ६२ जना कोरोना सङक्रमित


अंकुरण खबर
689
Shares

गण्डकी प्रदेशमा आज ६२ जना कोरोना सङक्रमित थपिएका छन् ।

थपिनेमा बाग्लुङका ३६ , कास्कीका २१ र लमजुङका पाँच जना रहेका छन् ।

सबै सङ्क्रमितको आइसोलेशनमा व्यवस्थापन गर्ने तयारी भैरहेको निर्देशनालयले जनाएको छ ।

योसँगै प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या चार हजार ७५३ पुगेको प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा विनोदविन्दु शर्माले जानकारी दिए ।