logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कोरोना संक्रमणको कारण सप्तरीमा थप एक महिलाको मृत्यु


अंकुरण खबर
1.365K
Shares

कोरोना संक्रमणको कारण सप्तरीमा थप एक जनाको मृत्यु भएको छ ।

डाक्नेश्वरी नगरपालिका ७ ब्रहमपुरकी ६५ वर्षीया महिलाको मृत्यु भएको हो । असोज २० गते गरिएको परीक्षणमा संक्रमण पुष्टि भएपछि उनी होम आइसोलेसनमा बस्दै आएकी थिइन् । उनमा ज्वारो तथा रुधाखोकीको समस्या देखिएको थियो ।

स्वास्थ्यमा थप समस्या भएपछि आइतबार बिहान छिन्नमस्ता अस्पताल पुरयाउने बितिकै उनको मृत्यु भएको थियो ।

योसहित सप्तरीमा कोरोना संक्रमणको कारण मृत्यु हुनेको संख्या २० पुगेको छ ।