logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

नेपालमा एकै दिन थप २२ जना संक्रमितको मृत्यु


अंकुरण खबर
832
Shares

नेपालमा एकै दिन २२ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ६ सय ३६ जना पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार देशका विभिन्नस्थानमा पछिल्लो २४ घन्टामा थप २२ जनाको मृत्यु भएको हो ।

११ वटा जिल्लाका ५ महिला र १७ पुरुष गरी २२ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । काठमाडौंमा मात्र ५ जना संक्रमितको मृत्यु भएको छ। काठमाडौंमा ६६ वर्षीया महिला, ६०, ७०, ७५ र ८३ वर्षीय पुरुषको मृत्यु भएको छ।

यस्तै सुनसरीमा ६३ वर्षीया महिला र ६५ वर्षीय पुरुष, धनकुटामा ६१ वर्षीया महिला, सर्लाहीमा ३८ वर्षीय पुरुष, ललितपुरमा ४९, भक्तपुरमा ४४ र ५७, नुवाकोटमा ७७ वर्षीय पुरुषको मृत्यु भएको मन्त्रालयले जनाएको छ।

चितवनमा ७५ वर्षीया महिला, उमेर नखुलेको एक पुरुष, ४७ र ९८ वर्षीय पुरुष, मकवानपुरमा ८५ वर्षीया महिला, सिन्धुपाल्चोकमा ६३, रुपन्देहीमा ६०, ६१ र ८४ वर्षीय पुरुषको मृत्यु भएको छ ।