logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

विराटनगरका ३७ वर्षीय संक्रमितको मृत्यु


अंकुरण खबर
1.209K
Shares

विराटनगरको नोबेल शिक्षण अस्पतालमा उपचाररत एकजना कोरोना संक्रमितको मृत्यु भएको छ ।

सुनसरीको बराहक्षेत्र नगरपालिका–५ का ३७ वर्षीय पुरुषको सोमबार बिहान ६ः५० बजे मृत्यु भएको अस्पतालले जनाएको छ ।

अस्पताल स्रोतका अनुसार शनिबार बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा पीसीआर परीक्षण गर्दा रिपोर्ट पोजिटिभ आएको थियो । कोरोना पुष्टि भएका पुरुषलाई उपचारका लागि आइतबार साँझ नोबेल अस्पताल ल्याइएको थियो ।

राति १२ बजेतिर कोभिड अस्पतालको आइसोलेसनमा भर्ना गरेर उपचार थालिए पनि संक्रमित पुरुषलाई बचाउन नसकिएको अस्पतालको भनाइ छ ।

मृतकका दुवै मृगौलामा समस्या रहेको  र उनले केही वर्षदेखि नियमित डायलासिस गराउँदै आएका थिए ।