logo
  • आइतवार, कार्तिक २३, २०८३ / Sunday, Nov, 08 ,2026

होम आइसोलेसनमा बसेका बृद्धको कोरोना संक्रमणबाट मृत्यु


अंकुरण खबर
1.378K
Shares

सुनसरीको धरान उपमहानगरपालिका वडा नम्बर १५ मा होम आइसोलेशनमा बसेका एक कोरोना सङ्क्रमितको मृत्यु भएको छ ।

करीब ७० वर्षीय उनको सोमबार बिहान घरमा नै मृत्यु भएको हो । उपमहानगर स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताले एक साताअघि बिपी प्रतिष्ठानमा शुल्क तिरेर पिसिआर परीक्षण गर्दा उनको रिपोर्ट पोजेटिभ आएको जानकारी दिए ।

छोराको मृत्यु संस्कारमा भाग लिन बेलायतबाट आएका उनी रिपोर्ट पोजेटिभ आएपछि होम आइसोलेशनमा बसेका थिए । बिपी प्रतिष्ठानको कोभिड अस्पतालमा भीड भएका कारण उनलाई घरमै राखिएको थियो ।

सेनाको टोलीबाट शव व्यवस्थापन हुन लागेको छ । धरानमा एक पत्रकारसहित ८२ जनामा आज सङ्क्रमण पुष्टि भएको छ ।