माछा मार्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।
गएराती बिर्तामोड नगरपालिका-१० स्थित नालामा माछा मार्ने क्रममा करेन्ट लागेर पाँचथर फिदिम नगरपालिका-५ घर भएका २४ वर्षीय शिव तुम्बाम्फोको मृत्यु भएको हो ।
सानीआमाको घरमा पाहुना आएका उनी करेन्ट लागेर गम्भीर घाइते भएका थिए । उपचारका लागि बीएण्डसी अस्पताल बिर्तामोडतर्फ लैजाने क्रममा शिवको बाटोमै मृत्यु भएको हो ।
सोही घटनामा करेन्ट लागेर घाइते भएका बिर्तामोड नगरपालिका-१० बस्ने ४१ वर्षीय हरिप्रसाद रिमालको बीएण्डसी अस्पताल बिर्तामोडमा उपचार भइरहेको जनाइएको छ ।