logo
  • आइतवार, कार्तिक २३, २०८३ / Sunday, Nov, 08 ,2026

काठमाडौं उपत्यकामा थप २,२८३ जनामा कोरोना संक्रमण पुष्टि


अंकुरण खबर
2.756K
Shares

काठमाडौंमा उपत्यकामा थप २२८३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

सोमबार गरिएको परीक्षणमा काठमाडौं उपत्यकामा थप २२८३ जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

प्रवक्ता डा. गौतमका अनुसार काठमाडौंमा १८८८, भक्तपुरमा ११८ र ललितपुरमा २७७जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

पछिल्लो केही सातायता काठमाडौं उपत्यकामा कोरोनाको संक्रमण दर उच्च छ ।