logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

सुनको मूल्य घट्यो, आज कतिमा हुदैछ कारोबार ?


अंकुरण खबर
3.003K
Shares

नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ ।

सोमबारको तुलनामा मंगलबार सुन प्रतितोला ५ सय र चाँदी १० रुपैयाँले घटेको हो ।

मंगलबार छापावाला सुन ५ सय रुपैयाँले घटेर ९५ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सोमबार छापावाला सुन ९५ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।

आज तेजावी सुन प्रतितोला ९४ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै आज चाँदी पनि २० रुपैयाँले घटेर प्रतितोला १ हजार २२५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।