काठमाडौं – नेपाली बजारमा मंगलबार सुनको मूल्य तोलामा सात सय रुपैयाँ घटेको छ । आज छापावाला सुन तोलामा ७१ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।
हिजो सोमबार सुन तोलामा ७१ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो । आज तेजावी सुन आज ७० हजार ७ सयमा कारोबार भएको छ ।
यस्तै मंगलबार चाँदी तोलामा १० रुपैयाँले घटेर ८ सय ७० रुपैयाँमा कारोबार भएको छ ।