logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

उत्तरप्रदेशमा तीन दलित दिदीबहिनीमाथि एसिड प्रहार


अंकुरण खबर
1.625K
Shares

भारतको उत्तरप्रदेशको गोन्डा जिल्लामा एकै परिवारका तीन दिदीबहिनीमाथि एसिड प्रहार भएको छ।

सोमबार राति सुतिरहेको समयमा ती तीन दिदीबहिनीमाथि एसिड आक्रमण भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

एसिड आक्रमणबाट १७ वर्षीया ठूली बहिनीको मुहार पुरै जलेको छ भने १२ र ८ वर्षीया दुई बहिनीको मुरामा पनि छर्रा लागेको छ। तीनै दिदीबहिनीको अहिले स्थानीय एक अस्पतालमा उपचार भइरहेको छ।

यो घटना गोन्डाको परसपुर क्षेत्रको पक्का गाउँको हो। सोमबार राति एक युवकले स्थानीय दलित समुदायका ती दिदीबहिनीमाथि आक्रमण गरे पनि अहिलेसम्म आक्रमणकारीको पहिचान हुन सकेको छैन।

पीडित किशोरीका पिताले घटना राति सुतिरहेको समयमा भएको बताएका छन्। उनले छोरीले चिच्चाएपछि मात्रै आफूले घटनाबारे थाहा पाएको र आफू उठेर छोरीहरु सुतेको ठाउँमा पुग्दा एसिड प्रहार गर्ने व्यक्ति फरार भइसकेको बताएका छन्।

गोन्डाका प्रहरी प्रमुख एसपी शैलेश कुमार पाण्डेले घटनाको पुष्टि गर्दै एसिड प्रहर गर्ने व्यक्तिको खोजी भइरहेको बताएका छन्।