नेपाली बजारमा आज पनि सुनचाँदीको मूल्य घटेको छ ।
मंगलबार तोलामा ९५ हजार १०० रुपैयाँमा कारोबार छापावाला सुन बुधबार ६०० रूपैयाँले घटेको हो ।
आज छापावाला सुन प्रतितोला ६०० रूपैयाँले घटेर ९४ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
मंगलबार छापावाला सुन ९५ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो ।
आज तेजावी सुन तोलामा ९४ हजार रुपैयाँमा कारोबार भएको छ । यस्तै चाँदीको भाउ पनि घटेको छ । आज चाँदी प्रतितोला २० रूपैयाँले घटेर १२०५ रुपैयाँमा कारोबार भएको छ ।