logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

घटस्थापनादेखि सार्वजनिक बिदा दिन सुझाव


अंकुरण खबर
1.456K
Shares

विभिन्न मन्त्रालयका सचिवहरुले यस वर्ष दशैंको विदा घटस्थापनादेखि दिन सुझाव दिएका छन् ।

कोरोनाभाइरस संक्रमण फैलिँदै गएपछि उनीहरुले मुख्यसचिव शंकरदास बैरागीलाई भेटेर दशैंको बिदा घटस्थापनादेखि दिन सुझाव दिएका हुन् ।

मन्त्रालयका कर्मचारीमा समेत संक्रमण देखिन थालेको भन्दै सचिवहरुले कात्तिक १ गते परेको घटनस्थापनादेखि नै बिदा दिन सुझाव दिएका छन् ।

सरकारले तोकेको दशैँ बिदा भने फूलपाती (कात्तिक ७) गतेदेखि एकादशी (कात्तिक ११) सम्म मात्रै छ । तर, एक साता अघिदेखि नै यस वर्ष दशैंको बिदा दिन सचिवहरुले सुझाव दिएका छन् ।

मन्त्रीदेखि विभिन्न मन्त्रालयका कर्मचारी, तथा सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीका सल्लाहकारहरुमा समेत कोरोना संक्रमण देखिएका बेला सचिवहरुले घटस्थापनादेखि नै सरकारी कार्यालय बन्द गर्न सुझाव दिएका हुन् ।

यस वर्ष दशैँको टीकाको उत्तम साइत कात्तिक १० गते बिहान १०:१९ बजे रहेको छ ।