logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

बहराइनका राजकुमार मनास्लु शिखरमा


अंकुरण खबर
1.534K
Shares

बहराइनका राजकुमार सेख मोहम्मद हमाद मोहम्मद अल खलिफाको टोलीले मनास्लु हिमालको आरोहण गरेको छ ।

खलिफाको टोलीले बिहीबार बिहान ६ बजे ८,१६३ मिटर उचाइँको हिमाल आरोहण गरेको हो । आरोहण टोलीमा १८ जनाको समूह छ ।

यसअघि १७ असोजमा राजकुमार खलिफाको टोलीले लोबुचे हिमाल आरोहण गरेको थियो । लोबुचे र मनास्लु हिमाल आरोहणको लागि ३१ भदौमा टोली बहराइनबाट काठमाडौं झरेको थियो ।