logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

काठमाडौंमा १६९२ सहित उपत्यकामा थपिए १९३५ जना कोरोना संक्रमित


अंकुरण खबर
780
Shares

काठमाडौंमा उपत्यकामा थप १९३५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

बिहीबार गरिएको परीक्षणमा काठमाडौंमा १६९२ सहित उपत्यकामा १९३५ जना कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए।

प्रवक्ता गौतमका अनुसार काठमाडौंमा १६९२, भक्तपुरमा १३४ र ललितपुरमा १०८ जनामा कोरोना संक्रमण पुष्टि भएको भएको हो ।

पछिल्लो केही सातायता काठमाडौं उपत्यकामा कोरोनाको संक्रमण दर उच्च रहेको छ ।