यस वर्षको नवरात्रीमा कुनै पनि मठमन्दिर एवं शक्तिपीठ नखोल्न गृह मन्त्रालयले निर्देशन दिएको छ ।
बिहीबार ७७ वटै जिल्लाका प्रशासन कार्यालयलाई परिपत्र गर्दै मन्त्रालयले कोरोना संक्रमणको जेखिम रहने भन्दै कुनै पनि मठमन्दिर र शक्तिपीठ नखोल्न निर्देशन दिएको हो ।
गृहद्वारा जारी परिपत्रमा मन्त्रिपरिषद्ले अर्को निर्णय नगरुन्जेलसम्मको लागि मठमन्दिर खोल्ने विषयमा कुनै पनि निर्णय नभएको भन्दै दशैंमा शक्तिपीठमा नित्यपूजाका लागि बाहेक प्रवेश नदिन निर्देशन दिएको छ ।
संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले असोजको दोस्रो साता शक्तिपीठ एवं देवालय खोल्न आग्रह गर्दै सीसीएमसीलाई प्रस्ताव पठाएपनि शक्तिपीठ खोल्ने बारेमा हालसम्म कुनै निर्णय भएको छैन ।