logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

प्रदेश १ मा थपिए ६५४ जना कोरोना संक्रमित


अंकुरण खबर
1.196K
Shares

प्रदेश १ मा थप ६५४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

शुक्रबार गरिएको परीक्षणमा प्रदेश १ का विभिन्न जिल्लामा थप ६५४ जनामा कोरोना संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

एक हजार ६४६ जनाको पीसीआर परीक्षणमा २४१ महिला र ४१३ पुरुष गरी ६५४ जनामा कोरोना पुष्टि भएको मन्त्रालयलले जनाएको छ ।

मन्त्रालयका अनुसार थपिएका कोरोना संक्रमित मोरङका ३२६, सुनसरीका २०९, झापाका ७४, संखुवासभाका ९, उदयपुरका चार भोजपुर, तेह्रथुम, इलाम र ताप्लेजुङका दुई-दुई जना तथा प्रदेश बाहिरका २४ जना रहेका छन् ।

योसँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या १२ हजार २६९ पुगेको छ ।