logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

पछिल्लो २४ घन्टामा  थप १२ जना कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या ७२७ पुग्यो


अंकुरण खबर
741
Shares

पछिल्लो २४ घन्टायता नेपालमा १२ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

योसँगै नेपालमा मृत्यु हुने कोरोना संक्रमितको संख्या ७ सय २७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

नेपालमा कुल संक्रमितमध्ये ३८ हजार ७ सय ३७ जना सक्रिय संक्रमित छन् । कोरोनाको आशंकामा गत २४ घण्टामा १५ हजार ४ सय ३८ जनाको पिसिआर परीक्षण भएको छ ।

योसँगै पिसिआर परीक्षण हुनेको संख्या १२ हजार ६९ हजार ६ सय ५ पुगेको छ ।

हाल ४ हजार ७ सय १५ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ ।