logo
  • मङ्लबार, कार्तिक २५, २०८३ / Tuesday, Nov, 10 ,2026

मानव अधिकार आयोगबाट शर्मा टिमले आजदेखि बिदा लिँदै


अंकुरण खबर
1.352K
Shares

राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष अनुपराज शर्मासहितका पदाधिकारीले आइतबारदेखि अवकास पाउँदै छन् ।

संवैधानिक व्यवस्थाअनुसार ६ वर्षे कार्यकाल पूरा गरेर आयोगका पाँचैजना पदाधिकारीले एकैपटक अवकास पाउन लागेका हुन् ।

२०७१ साल कात्तिक २ गते आयोगमा पूर्वप्रधानन्यायाधीश अनुपराज शर्मा अध्यक्षका रुपमा संवैधानिक परिषद्को सिफारिसमा राष्ट्रपतिबाट नियुक्त भएका थिए । त्यस्तै आयोगको सदस्यका रुपमा एकै दिन प्रकाश वस्ती, सुदीप पाठक, मोहना अन्सारी र गोविन्द शर्मा पौडेल नियुक्त भएका थिए ।

वस्ती सर्वोच्च अदालतका पूर्वअस्थायी न्यायाधीश, पाठक मानव अधिकार आयोगकै पूर्वसदस्य, अन्सारी महिला आयोगकी पूर्वसदस्य र पौडेल वरिष्ठ अधिवक्ताको हैसियतमा आयोगको पदाधिकारी बन्न पुगेका थिए ।

आयोगका निर्देशक डा. बाबुराम पोखरेलले पाँचै जना पदाधिकारीको जुम मिटिङमार्फत बिदाइ कार्यक्रम भइरहेको जानकारी दिए ।

शर्मा नेतृत्व पदाधिकारीहरुले केही दिनअघि मात्रै २८८ जना मानव अधिकार उल्लंघनकर्ताको नाम सार्वजनिक गरेको थियो ।