विराटनगरस्थित नोबेल शिक्षण अस्पतालको प्रयोगशालामा पीसीआर परीक्षण गराउँदा शनिबार बेलुका रिपोर्ट पोजेटिभ आएका कोरोना भाइरस संक्रमित एक वृद्धको बिहान मृत्यु भएको छ ।
विराटनगर महानगरपालिका–३ का ७५ वर्षीय वृद्धलाई निमोनियाको समस्या देखिएपछि वृद्धलाई शनिबार बिहान उपचारका लागि नोबेल अस्पताल पुर्याइएको थियो ।
त्यस क्रममा स्वाब संकलन गरेर पीसीआर परीक्षण गराउँदा बेलुका रिपोर्ट पोजेटिभ आयो । रिपोर्ट पोजेटिभ आएपछि वृद्धलाई कोभिड आइसोलेसनमा सारिएको थियो।
आइतबार बिहान ४ बजे उनको मृत्यु भएको नोबेल अस्पताल प्रबन्धक नारायण दाहालले जानकारी दिए ।