logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

लागुऔषधसहित दुई युवा पक्राउ


अंकुरण खबर
1.027K
Shares

भारतको जोगवनीदेखि लिएर आउँदै गर्दा

विराटनगरबाट ठूलो परिणामको लागुऔषधसहित दुई युवा पक्राउ परेका छन् ।

प्रदेश १ प्रहरी कार्यालयबाट खटिएको विशेष टोलीले विराटनगर मंगलबार बिहान महानगरपालिका–१५ का ३१ वर्षीय शम्भु साह र ३० वर्षीय बिकी राईलाई पक्राउ गरेको हो ।

उनीहरुलाई विराटनगर–१६ दरैयाबाट बिहान ४ स्१५ बजेतिर नियन्त्रणमा लिइएको मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्काले जानकारी दिए । उनका अनुसार पक्राउ परेकाहरुको साथबाट ६२ बोतल डाइलेक्स डीसी, एक सय ८७ ट्याब्लेट नाइट्रोसन  र दुई सय ३८ ट्याब्लेट एस्पास्मोप्रोक्सिभन नाम लागुऔषध बरामद भएको छ ।

पक्राउ परेकाहरुविरुद्ध लागुऔषध ऐन अन्तर्गतको मुद्दा चलाउन मंगलबार म्याद थप गरेर अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।