logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

डा. गोविन्द केसी अस्पतालबाट डिस्चार्ज


अंकुरण खबर
728
Shares

चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसी आज अस्पतालबाट डिस्चार्ज भएका छन् ।

स्वास्थ्य अवस्था सुधार भएपछि डा. केसीलाई डिस्चार्ज गरिएको उनका सहयोगी प्रितम सुवेदीले जानकारी दिए । चिकित्सकको सल्लाह अनुसार उनी डिस्चार्ज भएका हुन् ।

डा. केसी चिकित्सा शिक्षा सुधारको माग गर्दै २०६९ सालबाट पटक पटक गरी १९ पटकसम्म अनसन बसिसकेका छन् । १९ औँ अनसन उनले भदौ २९ गते जुम्लाबाट सुरु गरेका थिए ।

स्वास्थ्य स्थिति खराब हुन थालेपछि असोज ६ गते काठमाडौँ ल्याइएको थियो । त्यसयता उनी त्रिवि शिक्षण अस्पतालमा थिए ।

अनसनको २७ औँ दिनमा असोज २४ गते सरकारसँग ८ बुँदे सम्झौता गरी अनसन तोडे पनि उनको स्वास्थ्य अवस्था खराब भएकाले त्रिवि शिक्षण अस्पतालमै उपचाररत थिए ।