logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

नेपालमा थप ३,०९३ जनामा कोरोना संक्रमण पुष्टि


अंकुरण खबर
923
Shares

नेपालमा थप ३,०९३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

मंगलबार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा देशभर थप ३,०९३ जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा‍‍. जागेश्वर गौतमले जानकारी दिए ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ३९ हजार १२९ पुगेको छ ।

प्रवक्ता गौतमका अनुसार म‌ंगलबार कोरोनालाई जितेर २,०१८ जना अस्पतालबाट डिस्चार्ज भएका छन् । योसँगै ९६ हजार ६०९ जना निको भएर घर फर्किएका छन् ।

कोरोना संक्रमणबाट अहिलेसम्म ७६५ जनाको मृत्यु भएको छ ।