logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

हुम्लामा पहिलो पटक स्वास्थ्यकर्मीमा कोरोना पुष्टि


अंकुरण खबर
2.587K
Shares

स्वास्थ्य सेवा कार्यालय हुम्लाको अस्पताल विभागमा कार्यरत वरिष्ठ अनमी सरिता बोहरालाई कोरोना संक्रमण पुष्टि भएको छ ।

चौबीसै घण्टा अस्पतालको ड्युटीमा कार्यरत रहँदै आएकी उनको पीसीआर रिपोर्ट पोजेटिभ आएको हो ।

दुई दिन अगाडी स्वाव संकलन गरि सुर्खेत पीसीआर परीक्षण गर्दा बोहरामा कोरोना पुष्टि भएको हुम्ला अस्पतालका डा. टसी आङ्जु लामाले बताए । उनी हुम्लामा कोरोना संक्रमित हुने पहिलो स्वास्थ्यकर्मी हुन् । बोहराले आफूलाई कोरोनाको कुनै लक्षण नदेखिएको स्वास्थ्य सामान्य रहेको बताइन् । उनी अहिले होम आइसोलेशनमा बसेकी छन् ।

उनलाई कोरोना पुष्टि भएसँगै अस्पतालका आकश्मिक र प्रसुती सेवा बाहेकका सेवा बन्द गरिएको छ । अस्पतालले सबै कर्मचारी तथा स्वास्थ्यकर्मीको कन्ट्याक ट्रेसिङ गर्ने भएको छ ।

हुम्लामा यसअघि सातजनालाई कोरोना पुष्टि भएकोमा तीनजना निको भई सकेका छन् र चारजना होम आइसोलेशनमा छन् ।