logo
  • आइतवार, कार्तिक १६, २०८३ / Sunday, Nov, 01 ,2026

नेकपा सचिवालय बैठक आज बस्दै


अंकुरण खबर
3.029K
Shares

काठमाडौं – प्रमुख सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक आज बस्दैछ । बैठक प्रधानमन्त्री निबास बालुवाटारमा अपरान्ह चार बजे बोलाइएको छ ।

प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओली सिंगापुरबाट उपचार गरेर फर्किएपछि नेकपाको सचिवालय बैठक पहिलो पटक बस्न लागेको हो । बैठकमा पार्टी एकताका बाँकी कामलाई टुङ्ग्याउने बिषयमा छलफल कन्द्रित हुने बताइएको छ ।

यसअघि पुष्प कमल दाहाल प्रचण्डको अध्यक्षतामा सचिवालय बैठक बसेको थियो । बैठकले पार्टीका नेता तथा कार्यकर्ताबारे व्यक्तिगत विषयमा कुनै कुरा उठाउनु परेमा पार्टी भित्रै छलफलको बिषय बनाउनु पर्ने निर्णय गरेको थियो ।