logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कैलालीमा प्रहरी हत्याकाण्डको आरोपमा थप एकजना पक्राउ


अंकुरण खबर
1.846K
Shares

जिल्ला प्रहरी कार्यालय कैलालीले गत शनिबार धनगढीमा भएको प्रहरी हत्या प्रकरणमा थप एकजनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा धनगढी उपमानगरपालिका-१० का २० वर्षीय रोहित राना रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक प्रतिक विष्टले जानकारी दिए ।

गत शनिबार राती सीमा नाकामा गस्तीका क्रममा हत्या गरिएका प्रहरी सहायक निरीक्षक गोविन्द विक र जवान रामबहादुर साउँदको हत्यामा संलग्न रहेको आरोपमा पक्राउ परेका ७ जनालाई प्रहरीले मंगलबार सार्वजनिक गरेको थियो।

प्रहरीले मंगलबार धनगढी उप-महानगरपालिका १० का ७ जनालाई सार्वजनिक गरेको थियो ।

शनिबार साँझ गस्तीमा निस्किएका कैलालीको धनगढी उपमहानगरपालिका १२ को अस्थायी प्रहरी बिट जुगेडाका इन्चार्ज प्रहरी सहायक निरीक्षक गोविन्द विक र प्रहरी जवान रामबहादुर साउँद मृत फेला परेका थिए । इन्चार्ज विकको शब आइतबार बिहान फेला परेको थियो भने प्रहरी जवान साउदको शव मंगलबार बिहान फेला परेको थियो ।

अवैध सामानहरुको तस्करी गरी रहेका तस्करहरुको समूहलाई रोक्ने क्रममा तस्करहरुको समूहले योजनावद्ध रुपमा धारिलो हतियारले प्रहार गरी दुवैजनाको हत्या गरेको खुलेको प्रहरीले जनाएको छ ।