logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

आजबाट गोदावरीमा निःशुल्क कोरोना परीक्षण


अंकुरण खबर
793
Shares

आजबाट ललितपुरको गोदावरी नगरपालिकाले निःशुल्क कोरोना परीक्षण गर्ने भएको छ ।

कोरोनाको लक्षण देखिए आनन्दवन अस्पतालमा निःशुल्क पीसीआर परीक्षण गरिने नगरपालिकाले जनाएको छ ।

नगरप्रमुख गजेन्द्र महर्जनले नगरवासीहरुलाई कोरोना भाइरसको लक्षण देखिएमा नगरपालिकाको विपद् व्यवस्थापन कोषबाट निःशुल्क पीसीआर परीक्षण गरिने बताए ।

कोरोना सङ्क्रमणको रोकथाम तथा नियन्त्रणका लागि आवश्यक काम भइरहेको पनि उनले बताए ।