logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

आज दिनभरको मौसम कस्तो रहला ?


अंकुरण खबर
793
Shares

बिहिबार देशको धेरैजसो स्थानको मौसम सामान्यतया सफा रहनेछ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका पहाडी भूभागमा आंशिक वदली रहेको छ भने बाँकी भू(भागहरूमा मौसम सफा रहेको छ ।

आज  प्रदेश नं १, गण्डकी, कर्णाली र सुदुर पश्चिम  प्रदेशका पहाडी भूभागहरुमा आंशिक देखि सामान्य बदली रहनेछ भने अन्य भू-भागको मौसम सफा रहनेछ । त्यस्तै प्रदेश नं १, गण्डकी प्रदेश र सुदुर पश्चिम प्रदेशका पहाडी भूभागका एक दुइ स्थानहरुमा हल्का पानी पर्ने सम्भावना रहेको छ।

आज राति पनि पहाडी भु-भागहरुमा आंशिक बदली रहनेछ भने अन्य भू-भागको मौसम सफा रहनेछ । त्यस्तै  प्रदेश न १ का एक दुई स्थानमा हल्का पानी पर्ने सम्भावना रहेको छ ।