logo
  • बुधबार, कार्तिक १९, २०८३ / Wednesday, Nov, 04 ,2026

चितवनमा कोरोनाबाट थप एक महिलाको मृत्यु


अंकुरण खबर
923
Shares

जिल्लामा कोरोना संक्रमणबाट थप एक महिलाको मृत्यु भएको छ ।

तनहुँ शुक्लगण्डकी नगरपालिका घर भई हाल मकवानपुर हेटौँडा–५ बस्ने ३३ वर्षीया महिलाको मृत्यु भएको हो । भरतपुर अस्पतालमा उपचाररत उनको बिहीबार बिहान ६:१५ बजे मृत्यु भएको अस्पतालले जनाएको छ ।

अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलका अनुसार गत असोज ३० गते कोरोना संक्रमण सहित खोकी र श्वासप्रश्वासमा समस्याबाट पीडित भई अस्पतालमा भर्ना भएकी उनलाई सोही दिन कोरोना पुष्टि भएको थियो ।

उनको स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि अस्पतालको कोभिड सघन उपचार कक्ष ९आइसीयू० मा भेन्टिलेटरको सहायतामा उपचार गरिएको थियो ।