logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

नेपालमा थप ३६३७ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमण मुक्त हुनेको संख्या १ लाख नाघ्यो


अंकुरण खबर
1.274K
Shares

नेपालमा थप ३ हजार ६ सय ३७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।

पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको परीक्षणका क्रममा थप ३ हजार ६ सय ३७ जनामा संक्रमण पुष्टि भएको हो ।

देशभरका प्रयोग शालामा गरी पछिल्लो २४ घण्टामा १५ हजार २ सय ५५ जनाको आरटी पीसीआर विधिबाट नमूना परीक्षण गरिएको थियो ।

थप ३ हजार ६ सय ३७ जनामा संक्रमण पुष्टि भएसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ४८ हजार ५ सय ९ पुगेको छ ।

हालसम्म संक्रमण देखिएकामध्ये १ लाख २ हजार ८ सय २० जना संक्रमण मुक्त भएका छन् । पछिल्लो २४ घण्टामा मात्रै ३ हजार २ सय १५ जना संक्रमण मुक्त भएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

हालसम्म कोरोना संक्रमणबाट ८ सय १२ जनाको मृत्यु भएको छ ।