logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

नेपाली सेनाले टुँडिखेलमा फूलपाती बढाइँ गर्ने, पाहुनाको संख्यामा कटौती


अंकुरण खबर
3.276K
Shares

नेपाली सेनाले आज सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ समारोह आयोजना गर्दैछ ।

राष्ट्रपति विद्यादेवी भण्डारी समारोहमा प्रमुख अतिथिका रुपमा सरिक हुनेछिन् ।

नेपाली सेनाले हरेक बर्ष आयोजना गर्दै आएको फूलपाती बढाइँ संस्कृति र परम्परालाई जीवन्तता दिन प्रतीकात्मक रूपमा मात्र यस वर्षको बढाइँ आयोजना गरिने सैनिक प्रवक्ता सन्तोष बल्लभ पौडेलले जानकारी दिए ।

उनका अनुसार यस वर्षको बढाइँ थोरै कार्यक्रम सामेल गरिएकाले करिब आधा घण्टाको हुनेछ भने कार्यक्रममा सेनाका थोरै सकलदर्जाको सहभागितामा लहरे, एकठ्ठाका अतिरिक्त तोप बढाइँ र ब्याण्ड प्रदर्शन गरिनेछ ।

फुलपाती बढाईमा पाहुनाको संख्या कटौती गरी सय जनामा सीमित गरिएको जनाइएको छ ।