logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थपिए २ हजार ७२० जना सङ्क्रमित


अंकुरण खबर
1.638K
Shares

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा दुई हजार सात सय २० जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार शुक्रबार काठमाडौंमा दुई हजार तीन सय ५७ जना, भक्तपुरमा एक सय २७ जना र ललितपुरमा दुई सय २६ जनामा कोरोना सङ्क्रमण देखिएको हो ।

यस्तै गएको २४ घण्टामा देशैभर १६ हजार आठ सय ६३ जनाको पीसीआर परीक्षण गर्दा चार हजार चार सय ९९ जनामा सङ्क्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

त्यस्तै सङ्क्रमण पुष्टि भएकामध्ये एक लाख दुई हजारभन्दा धेरै डिस्चार्ज भइसकेका छन् भने आठ सय १२ जनाको ज्यान गएको छ ।