logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

नेपालमा थप २८ सय ५६ जनामा कोरोना संक्रमण पुष्टि


अंकुरण खबर
1.339K
Shares

नेपालमा पछिल्लो २४ घण्टामा थप २८ सय ५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंखया मन्त्रालयका अनुसार १२ हजार तीन सय ११ जनाको नमुना परीक्षण गरिँदा थप २८ सय ५६ जनामा संक्रमण पुष्टि भएको हो ।

योसहित हालसम्म देशभर कोरोना संक्रमितको संख्या एक लाख ५८ हजार ८९ पुगेको छ।

त्यस्तै गत २४ घण्टामा देशभरबाट ३३ सय २६ संक्रमित निको भएर डिस्चार्ज भएका छन् । योसहित नेपालमा कोरोनामुक्त हुनेको संख्या एक लाख आठ हजार तीन सय ३४ जना पुगेको मन्त्रालयले जनाएको छ।

हाल ४५ हजार पाँच सय ७२ जना सक्रिय संक्रमित छन् । संक्रमितमध्ये दुई सय ७७ जनाको आइसियूमा र ६६ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

पछिल्लो चौबीस घण्टामा पाँच जना सङ्क्रमितको मृत्यु भएको छ । यो सँगै कोरोनाभाइरसबाट मृत्यु हुनेको संख्या ८४७ पुगेको छ ।