आइतबार देशभर २७७ जना आइसियु र ६६ जना कोरोना संक्रमितको भेन्टिलेटरमा उपचार भइरहेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार प्रदेश १ मा २६ आइसियु र १० जनामा संक्रमित भेन्टिलेटरमा उपचाररत छन्।
प्रदेश २ मा १० जना आइसियु र २ जना भेन्टिलेटरमा, बागमती प्रदेशमा १७६ जना आइसियु र ४५ जना संक्रमित भेन्टिलेटरमा उपचाररत छन्।
स्वास्थ्य मन्त्रालयका अनुसार गण्डकी प्रदेशमा १३ जना आइसियु र १ जना भेन्टिलेटरमा, लुम्बिनी प्रदेशमा ४२ जना आइसिय् र ८ जना भेन्टिलेटरमा उपचाररत छन्।
त्यसैगरी, कर्णाली प्रदेशमा ७ जना र सुदुरपश्चिम प्रदेशमा ३ जना संक्रमित आइसियुमा उपचाररत भएको मन्त्रालयले जनाएको छ।
पछिल्लो २४ घण्टामा देशभर २ हजार ८५६ जना संक्रमित भएका छन्। संक्रमितको संख्या १ लाख ५८ हजार ८९ पुगेको छ ।