logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

आज एकै दिन ४,००५ संक्रमित कोरोनामुक्त


अंकुरण खबर
676
Shares

नेपालमा कोरोना भाइरसबाट संक्रमित भएकामध्ये थप ४००५ जना निको भएका छन्।

गत २४ घण्टाभित्र विभिन्न अस्पतालमा उपचाररत तथा आइसोलेसनमा रहेका उनीहरू कोरोनामुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

यससँगै नेपालमा कोरोना संक्रमणपछि निको हुनेको संख्या एक लाख १५ हजार ६७५ पुगेको छ।

गत २४ घण्टामा थप एक हजार ७४१ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै नेपालमा कोरोना संक्रमितको संख्या एक लाख ५९ हजार ८३० पुगेको छ।