logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

बैंकिङ कसूरमा अदालतबाट दोषी ठहर गरिएका फरार झापाका एक व्यक्ति पक्राउ


अंकुरण खबर
767
Shares

बैंकिङ कसूर मुद्दामा अदालतबाट दोषी ठहर गरिएका झापाका एक व्यक्तिलाई जिल्ला प्रहरी कार्यालय झापाले पक्राउ गरेको छ।

अदालतबाट एक करोड १५ लाख रूपैयाँ जरिवाना र दुई महिना कैद सजाय सुनाइएका कनकाई नगरपालिका ३ का राजेन्द्रप्रसाद प्रसाईं पक्राउ परेका हुन्।

भगवती ढुङ्गेलले दायर गरेको बैंकिङ कसूरसम्बन्धि मुद्दामा उच्च अदालत विराटनगरको इलाम इजलासले २०७६ पुस १४ गते एक महीना कैद र २५ लाख विगोको फैसला गरेको थियो।

त्यस्तै सुरेन्द्रकुमार उप्रेतीले दायर गरेको मुद्दामा प्रसाईंलाई २०७६ पुस २१ गते एक महिना कैद ९० लाख जरिवानाको सजाय सुनाइएको थियो।

प्रसाईं लामो समयदेखि फरार थिए। उनलाई जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले विशेष सूचनाको आधारमा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी उपरीक्षक कृष्ण कोइरालाले जानकारी दिए।