logo
  • आइतवार, कार्तिक २३, २०८३ / Sunday, Nov, 08 ,2026

विश्वमा हालसम्म चार करोड ५३ लाख कोरोना संक्रमित, ११ लाख ८५ हजारको मृत्यु


अंकुरण खबर
1.612K
Shares

विश्वमा हालसम्म चार करोड ५३ लाख एक हजार एक सय ९१ जना संक्रमित भइसकेका छन् ।

संक्रमितमध्ये ११ लाख ८५ हजार ६ सय ३२ जनाको मृत्यु भइसकेको छ ।

विश्वमा हालसम्म तीन करोड २९ लाखभन्दा बढी कोरोना भाइरस संक्रमित निको भएका छन् । शुक्रबार बिहानसम्ममा विश्वभरका तीन करोड २९ लाख ६४ हजार आठ सय ७२ जना कोरोनामुक्त भएका हुन् ।

कोरोना भाइरसबाट सबैभन्दा बढी प्रभावित राष्ट्र संयुक्त राज्य अमेरिकामा हालसम्म ९२ लाख सात हजारभन्दा बढी मानिसमा कोरोना संक्रमण भएको छ ।

संक्रमितमध्ये ५९ लाख ७१ हजारभन्दा बढी निको भइसकेका छन् । त्यहाँ अहिले पनि ३० लाखभन्दा बढी मानिस संक्रमित अवस्थामै छन् ।

अमेरिकामा कोरोना संक्रमणबाट हालसम्म दुई लाख ३४ हजार एक सय १४ जनाको मृत्यु भइसकेको छ ।

भारतमा कोरोना भाइरस संक्रमितको कुल संख्या ८० लाख ८८ हजारभन्दा बढी पुगेको छ । त्यहाँ अहिले पनि पाँच लाख ९५ हजार मानिस संक्रमित अवस्थामै छन् । भारतमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या एक लाख २१ हजार एक सय ३१ पुगेको छ ।

नेपालमा हाल कोरोना संक्रमितको कुल संख्या एक लाख ६४ हजार सात सय १८ पुगेको छ ।

हाल त्यहाँ सक्रिय संक्रमितको संख्या ३८ हजार नौ सय ९२ जना पुगेको छ । नेपालमा कोरोना संक्रमणबाट हालसम्म नौ सय चार जनाले ज्यान गुमाइसकेका छन् ।