logo
  • आइतवार, कार्तिक २३, २०८३ / Sunday, Nov, 08 ,2026

२४ घण्टामा ४,०९६ कोरोना संक्रमित डिस्चार्ज


अंकुरण खबर
845
Shares

पछिल्लो २४ घण्टामा थप ४०९६ जना कोरोना संक्रमणमुक्त भएका छन् ।

योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म १ लाख २८ हजार ९५८ पुगेको छ ।

उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो ।

नेपालमा पछिल्लो २४ घण्टामा थप १६ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या ९२० पुगेको छ ।

मन्त्रालयका अनुसार कोरोनामुक्त हुने दर ७६.७ प्रतिशत रहेको छ ।

हाल देशभर ३८ हजार तीन सय ५७ जना सक्रिय संक्रमित रहेका छन् ।