आजदेखि कार्तिक स्नान, आकाशदीपदान एवं तुलसीको विशेष पूजाराधना सुरु भएको छ ।
प्रत्येक वर्ष आश्विन शुक्ल पूर्णिमाका दिन सुरु भई कार्तिक शुक्ल पूर्णिमासम्म कार्तिक स्नानसहित तुलसीको विशेष पूजा र आकाशदीपदान गरेमा सौभाग्य, सम्पत्ति एवं श्रेय प्राप्ति हुने धार्मिक विश्वास छ ।
यस अबसरमा घरघरमा विशेषरुपमा गरिने तुलसी पूजाबाट मनोकामना पूरा हुने धार्मिक विश्वास छ ।
कार्तिक स्नान गर्नेले आजदेखि कार्तिक शुक्ल पूर्णिमासम्म दुई दल भएका मास, मुगी, मुसुरो, चना, भटमास आदि अन्न खान नहुने शास्त्रीय मान्यता छ । आज स्वयम्भू चैत्यमा महादीपदानसमेत गरिन्छ ।